उषाले जितिन सर्बोत्कृष्ट लोकदोहोरी नायिकाको अवार्ड
उषाले जितिन सर्बोत्कृष्ट लोकदोहोरी नायिकाको अवार्ड
    • Bell Sanchar

    • १४ आश्विन २०८०, आईतवार

काठमाडौ

काठमाडौमा सप्पन्न भएको आठौ राष्ट्रिय लोकदोहोरी अवार्ड २०८० मा लोकप्रिय मोडल उषा सुवेदीले सर्बोत्कृष्ट लोकदोहोरी नायिकाको अवार्ड जितेकी छिन ।

उनेले “सान बाबु” गीत बाट अवार्ड जितेकी हुन । लोक तथा दोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिको आयोजना भएको अवार्डमा अन्य प्रतिस्पर्धिलाई पछि पार्दै अवार्ड जित्न सफल भएकी हुन । भोट र निर्णायक समितिको निर्णयको आधारमा अवार्ड जितेकी हुन । उनले यस अघि सगरमाथा म्युजिक अवार्डमा लगातार अवार्ड जितेर ह्याट्रिक गरेकी थिईन ।

त्यसका अलवा थुप्रै अवार्ड जितेकी छिन । उषाले सयौं म्युजिक भिडियोमा अभिनय गरेकी छिन ।हाल लोक तथा दोहोरी प्रतिष्ठान र म्युजिक भिडियो कलाकार संघको केन्द्रिय सदस्य रहेकी छिन ।

 

साताकाे चर्चित
सम्बन्धित