टिकटक बन्दको निर्णय पुनर्विचार गरेर करको दायरामा ल्याउन क्यानको आग्रह
टिकटक बन्दको निर्णय पुनर्विचार गरेर करको दायरामा ल्याउन क्यानको आग्रह
    • Bell Sanchar

    • २९ कार्तिक २०८०, बुधबार

काठमाडौं

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ ।

व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्वास छ ।

क्यानले आज एक विज्ञप्ति जारी गर्दै साना तथा मझौला व्यवसायीलाई आफ्नो बजार विस्तार गर्ने विकल्प बनेकामा त्यसलाई नियमन गर्दा उपयुक्त हुने भन्दै सूचना र सञ्चार प्रविधिको विकासले अवसर र चुनौती दुवै ल्याउने वास्तविकतालाई दृष्टिगत गरी निर्णयमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको छ ।

‘नेपालमा उपलव्ध सबैखाले सामाजिक सञ्जालको सुव्यवस्थित प्रयोगका लागि सरकारले विज्ञ टोलीमार्फत वार्ता तथा समन्वय गर्न क्यान आग्रह गर्दछ । निजी क्षेत्रको हैसियतमा हामी सरकारसँग जस्तोसुकै प्राविधिक सहकार्य गर्न तयार छौं,’ डिजिटल नेपाल निर्माणमा सघाउने प्रतिबद्धता व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ ।

 

साताकाे चर्चित
सम्बन्धित