उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ पूजा
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ पूजा

फाेटाे फिचर

    • Bell Sanchar

    • ४ मंसिर २०८०, सोमबार

काठमाडौं ।

आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै आस्थाको महापर्व छठ सकिएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने पर्वको चौथो दिन आज देशका विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पन गर्दै छठ सम्पन्न भएको हो ।

null

‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ समापन गरेका हुन् । बर्तालुले पञ्चमीको ‘खरना’ विधियता निराहार व्रतपछि आज बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका छन् । ‘भोरका अरख’ गरिएसँगै छठ पर्व समापन हुन्छ ।
null

पर्व सकिएसँगै घरघरै प्रसाद खाने/खुवाउने क्रम सुरु भएको छ । मिथिलामा छठको प्रसाद मानिने ठकुवा (गहुँको पिठो सख्खरमा मुछेर घ्युमा पकाइएको मिष्टान्न परिकार) विवाहित छोरी/चेली (छोरी, दिदीबहिनी, फूपू), मित/मितिनी र अन्य इष्टजनको घर पठाउने मैथिल परम्परा छ ।

null

null

null

null

null

null

null

null

null

null

null

null

साताकाे चर्चित
सम्बन्धित