नेपालकी प्रिन्सी खतिवडाको मोडलिङ रहेको हिन्दी गीत युट्युबमा सार्वजनिक [भिडियो]
नेपालकी प्रिन्सी खतिवडाको मोडलिङ रहेको हिन्दी गीत युट्युबमा सार्वजनिक [भिडियो]
    • Bell Sanchar

    • १४ मंसिर २०८०, बिहीबार

काठमाडाैं ।

टिकटक स्टारका रुपमा चिनिएकी नेपालकी प्रिन्सी खतिवडाको मोडलिङ रहेको हिन्दी गीत सार्वजनिक गरिएको छ ।

बिहीवार बलिउडको चर्चित म्युजिक कम्पनी टी–सिरिजको अफिसियल युट्युब च्यानलमार्फत ‘जान देंगे तुम्हे’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

यो भिडियोमा प्रिन्सी गायक लक्ष्य कपूरसँग प्रस्तुत छिन् । भिडियोमा दुवै रोमान्टिक देखिएका छन् । उनीहरूको केमेस्ट्रि गज्जब देखिएको छ ।

सरकारले टिकटक बन्द गर्नुअघि भाइरल भएको गीत ‘बादल वर्षा बिजुली’को टिकटक भिडियोको व्यापक चर्चाबीच कम्पनी आफैंले इमेलमार्फत मोडलिङको प्रस्ताव गरेको प्रिन्सीले बताएकी छिन् ।

यो गीतमा स्वर पनि लक्ष्यकै छ । सावेरी वर्माको शब्द रहेको गीतमा मुकुन्द सूर्यवंशीले संगीत भरेका हुन् । जोमिन वर्गीसको निर्देशनमा भिडियो तयार भएको हो ।

साताकाे चर्चित
सम्बन्धित