अध्यक्ष ओलीको सभापति शेरबहादुर देउवासँग मोबाइलमार्फत् कुराकानी [भिडियो]
अध्यक्ष ओलीको सभापति शेरबहादुर देउवासँग मोबाइलमार्फत् कुराकानी [भिडियो]
    • Bell Sanchar

    • १५ मंसिर २०८०, शुक्रबार

काठमाडौं ।

महाकाली–मेची अभियानको सिलसिलामा डडेलधुरामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका   गरेका छन् ।

देउवाको गाउँ गन्यापधुरा नजिक बसेका ओलीले त्यहीँबाट देउवासँग मोबाइलमा कुराकानी गरेका हुन् । कुराकानीको करिब ४० सेकेण्डको भिडियो उनले सामाजिक सन्जालमा पोष्ट गरेका छन् ।

ओलीले ‘जय नेपाल’ भन्दै कुराकानी सुरु गरेका छन् । उनले आफूहरु डडेलधुरा बजारभन्दा अलि तलतिर बसेको र गन्यापधुरा छेवैंबाट फोन गरेको बताउँछन् ।

ओलीले ‘तपाईंको जिल्ला आएको बेला यसो सम्झेको नि’ भन्छन् । उताबाट बोलेको स्पष्ट सुनिँदैन । तर ओलीले ‘थ्यांक्यु’ भन्दै ‘अनि त्यता सबै राम्रो छ नि !’ भनेर सोधेका छन् ।

 

साताकाे चर्चित
सम्बन्धित