स्पानिस ला लिगामा जिरोनाले बार्सिलोनालाई पराजित
स्पानिस ला लिगामा जिरोनाले बार्सिलोनालाई पराजित
    • Bell Sanchar

    • २५ मंसिर २०८०, सोमबार

काठमाडौँ,

स्पानिस ला लिगामा जिरोनाले बार्सिलोनालाई पराजित गरेको छ । गएराति भएको खेलमा जिरोनाले बार्सिलोनालाई ४-२ गोल अन्तरले हराएको हो ।

जितसँगै जिरोना लिगको शीर्ष स्थानमा उक्लिएको छ। जिरोना १६ खेलबाट ४१ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।

जिरोनाको जितमा अर्टिम डोभेक, मिगुइल गुइटेरेज, भालेरी फर्नान्डेज र क्रिष्टियन स्टुएनीले गोल गरे ।

बार्सिलोनाका रोबर्ट लेवान्डोस्की र इल्केए गुन्डोगानले गोल फर्काए ।

साताकाे चर्चित
सम्बन्धित