पीएसजी र पोर्टो च्याम्पियन्स लिगको नकआउट चरणमा
पीएसजी र पोर्टो च्याम्पियन्स लिगको नकआउट चरणमा
    • Bell Sanchar

    • २८ मंसिर २०८०, बिहीबार

काठमाडौं ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र पोर्चुगिज क्लब पोर्टो युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह एफ अन्तर्गत बुधबार राति भएको खेलमा बोरुसिया डर्टमण्डसँग १-१ को बराबरी खेले पनि पीएसजी समूहको उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । डर्टमण्ड यसअघि नै समूह विजेताको रुपमा अन्तिम १६ मा पुगिसकेको छ ।

डर्टमण्डको घरेलु मैदानमा करिम एडेयमीले ५१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर ५६औं मिनेटमा पीएसजीका लागि १७ वर्षीय वारेन जेइरे एमेरीले बराबरी गोल फर्काए ।

यसै समूहको अर्को खेलमा एसी मिलानले न्युकासल युनाइटेडलाई पराजित गर्दै समान ८ अंक जोडेपनि मिलान गोल अन्तरमा पछि पर्‍यो । मिलान र न्युकासल समूह चरणबाटै बाहिरिए ।  ५ अंक जोडेर न्युकासल चौथो स्थानमा रह्यो ।

यसैगरी समूह एचमा युक्रेनी क्लब साख्तर डोनेस्कलाई ५-३ ले हराउदै पोर्टो समूह उपविजेता बनेर नकआउट चरणमा पुगेको हो । पोर्टोले ६ खेलबा६ १२ अंक जोड्यो ।

यसअघि नै नकआउट चरणमा पुगिसकेको बार्सिलोना भने रोएल एन्तवर्पसँग अन्तिम खेलमा ३-२ ले पराजित भयो । यद्पयी १२ अंक नै जोडेको बार्सिलोना समूह विजेताको रुपमा नकआउट चरण पुगिसकेको छ ।

पीएसजी र पोर्टोले अन्त्मि १६ मा स्थान बनाएपछि नकआउट चरण पुग्ने १६ वटै टोलीको टुङ्गो पनि लागेको छ ।

अब अन्तिम १६ चरणको ड्र यही १८ डिसेम्बरमा स्विट्जरल्याण्डको नियोनमा हुनेछ ।

साताकाे चर्चित
सम्बन्धित