गुरुकुल चलाउन तीस लाख अनुदान   
गुरुकुल चलाउन तीस लाख अनुदान   
    • Bell Sanchar

    • १७ पुष २०८०, मंगलवार

अर्घाखाँची

जिल्ला सदरमुकाम सन्धिखर्कस्थित पाणिनि वेद विद्याश्रम सञ्चालनका लागि पशुपति क्षेत्र विकास कोषले रु ३० लाख अनुदान प्रदान गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको पहलमा पशुपति क्षेत्र विकास कोषले संस्कृत विषय अध्यापन हुने विद्याश्रमलाई अनुदानस्वरुप रु ३० लाख प्रदान गरेको हो । राज्यमन्त्री सिर्पालीले सोमबार यहाँ आयोजित एक कार्यक्रममा उक्त रकमको चेक विद्यालयका प्रधानाध्यापक भेषराज चुदाँलीलाई हस्तान्तरण गर्नुभयो । अक्षयकोष स्थापना गरी विद्यालयको खर्च चलाउने प्रधानाध्यापक चुदालीले बताउनुभयो ।

पाणिनि वेद विद्याश्रम सञ्चालनका लागि सबै स्थानीय सरकारको ध्यान जान जरुरी रहेको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभएको छ । कक्षा ६ देखि १० सम्म पढाइ हुने वेदविद्याश्रममा ४५ जना वटुक अध्ययनरत छन् ।

अष्ट चिरञ्जीवीको पूजा गरेर आफ्नो जन्मोत्सव मनाउने नेपालको मौलिक संस्कृति क्रमशः लोप हुँदै गएको तथा केक काटेर जन्मदिन मनाउने गलत परम्पराको थालनी भएको अवस्थामा संस्कृति र संस्कारको संरक्षणमा विद्याश्रमबाट योगदान पुगेको सन्धिखर्क नगरपालिकाका नगर शिक्षा अधिकृत मञ्जु आचार्यले बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित