एक पटकमा एक योगदान’ अभियान सुरु   
एक पटकमा एक योगदान’ अभियान सुरु   
    • Bell Sanchar

    • १ माघ २०८०, सोमबार

   
चितवन

संसारभरका नेपालीलाई लक्षित गर्दै चितवनबाट ‘एक पटकमा एक योगदान’ अभियान सुरु भएको छ । बेलायत निवासी नेपाली युवा व्यवसायी तथा समाजसेवी रघु दाहालले आफ्नो गृहनगर चितवनको भरतपुरस्थित पार्वतीपुरबाट उक्त अभियान थाल्नुभएको हो ।

स्थानीय विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेर दाहालले ‘एक पटकमा एक योगदान’ अभियान सुरुआत गरिएको घोषणा गर्नुभयो । विदेशमा रहेका हरेक नेपाली स्वदेश फर्किएका बेला हरेक पटक कम्तीमा एउटा सहयोग गर्नुपर्ने अवधारणाका साथ यो अभियान सुरु गरिएको उहाँले बताउनुभयो ।

कञ्चन समाज विकास परिषद्द्वारा आयोजित कार्यक्रममा युवा उद्यमी दाहालले हरेक प्रवासी नेपालीलाई स्वदेश फर्किदा हरेक पटक केही न केही सहयोग गर्ने अठोट गर्न आह्वान गर्नुभयो । उहाँले हरेक महिना कम्तीमा एक लाख नेपाली स्वदेश फर्किने गरेको तथ्याङ्क प्रस्तुत गर्दै हरेकले सानै भए पनि सहयोग गर्दा अरु लाखौँ नेपाली लाभान्वित हुने तर्क गर्नुभयो ।

विदेशमा भए पनि आफ्नो गाउँठाउँका बारेमा सोच्ने बानीले देशप्रतिको माया ताजा रहिरहने र देशको विकासमा पनि योगदान पुग्ने दाहालले बताउनुभयो । बेलायतमा होटल, रेष्टुराँ, घरजग्गा व्यवसायलगायतका विभिन्न पेसा व्यवसायमा संलग्न दाहालले नेपालमा पनि शिक्षा, ऊर्जा, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी गर्नुभएको छ । उहाँले यसअघि पनि हरेक पटक स्वदेश फर्कदा विभिन्न सहयोगका कार्यक्रम गर्दै आउनुभएको थियो ।

साताकाे चर्चित
सम्बन्धित