सिँजा गाउँपालिका अगाडि दुई संरचना जिर्ण अवस्थामा
सिँजा गाउँपालिका अगाडि दुई संरचना जिर्ण अवस्थामा
    • उमेश बुढा

    • १३ माघ २०८०, शनिबार

 जुम्ला ।

सिँजा गाउँपालिकाको कार्यालय अगाडि ठ्याक्कै दुईवटा संरचना जिर्ण रहेका छन् ।

गत सालको असोज महिनाको १९ गतेदेखि २३ गतेसम्म अविरल वर्षा भएर वाढिपहिरोले जिर्ण बनाए पछि अहिलेसम्म यि संरचना जिर्ण अवस्थामा रहेका छन् ।

यसरी गाउँपालिकाका अगाडि गाड बस्ने घर र पुल जिर्ण रहनु भनेको पालिकाले यो विषय सम्बन्धित कुनै पनि चासो दिएको देखिदैन् । कित यि संरचना भत्काइनु पर्थ्यो कित पुन निर्माण गरिनु पर्नेमा जस्ताको त्यस्तै राख्नु भनेको पालिकाको कमजोरी हुनु हो ।

स्थानीय सरकारको कार्यालय अगाडि सिधैं हेर्दा झट्ट देखिन्छन् । मन खिन्न भएर आउँछ । तर यि संरचनाको रेखदेख गर्ने अन्य कुनै निकाय छैन के हो । गाट बस्ने घर लस्किएको छ, यो घर प्रयोगमा नआउँदै वाढीले गर्दा जिर्ण बनाएको हो । अर्को पुल पनि वाढीले यस्तो बनाएको हो ।

यो पुल नराकोट बजारबाट वडा नम्बर २ मा पर्ने घोडेङ्गा , विष्टवाडा , चुलेलगाउँ र कर्णाली राजमार्गको नाग्म गमगढी सड्कमा आवतजावत गर्नको लागि सवारी साधन र मानिस आउने र जाने गर्छन् । अहिले गाडी भन्ने जाँदैनन् मानिस मात्र हिड् डुल गर्छन् ।

वृद्ध , बालबालिका र दृष्टिविहीनहरुका लागि यो पुलबाट वरदोहोर गर्न निकै कठिन भएको छ ।

भारी बाकेर आउने मानिसलाई पुलबाट खस्ने जोखिम देखिन्छ । यसले गर्दा भोलीका दिनहरुमा मानिसहरुको ठुलो क्षति हुने सम्भावना छ ।

यसरि पालिका अगाडि संरचना जिर्ण रहिरहनु भनेको जनप्रतिनिधिहरुको यो विषयमा ध्यान नगएको मानिन्छन् । अब यि संरचना कित मर्मत हुनु पर्ने हुन्छ , कित पालिकाले भत्काउनु पर्ने हुन्छ । यसरी जिर्ण राख्नु हुँदैन ।

साताकाे चर्चित
सम्बन्धित