सत्ता गठबन्धन इमान्दारीपूर्वक अगाडि बढ्नुपर्छ : नेता डा सङ्ग्रौला   
सत्ता गठबन्धन इमान्दारीपूर्वक अगाडि बढ्नुपर्छ : नेता डा सङ्ग्रौला   
    • Bell Sanchar

    • १५ माघ २०८०, सोमबार

लुम्बिनी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले सत्ता गठबन्धन इमान्दारीपूर्वक अगाडि बढ्नुपर्ने बताउनुभएको छ । बुटवलमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले गठबन्धन जुन उद्देश्य र भावनाले अगाडि बढेको छ , त्यहीअनुरुप व्यवहारमा देखिनु पर्दछ भन्नुभयो ।

‘सबै वडामा एकैपटक कांग्रेस, समुदायमा जाऔँ, जनताका कुरा सुनौँ’ अभियानको सिलसिलामा जिल्ला अभियानमा रहनुभएकी नेता डा सङ्ग्रौलाले जनतामाझ भएका गुनासो सम्बोधन गर्न पार्टीले अभियान चलाएको बताउनुभयो ।
उहाँले पार्टीलाई बलियो बनाउनका लागि अभियान प्रभावकारी रहने जनाउँदै पार्टी नेतृत्व एक ढिक्का भएर अगाडि बढ्नुपर्छ भन्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालले कांग्रेसले अहिले सञ्चालन गरेको अभियान समयसापेक्ष रहेको उल्लेख गर्नुभयो । यो अभियानपछि लुम्बिनी प्रदेश समितिले घरघरमा कांग्रेस अभियान लिएर जाने उहाँले बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित