युनियन महासङ्घले अन्तर्राष्ट्रिय श्रमिक अधिकारबारे यहाँ प्रशिक्षण प्रारम्भ
     युनियन महासङ्घले अन्तर्राष्ट्रिय श्रमिक अधिकारबारे यहाँ प्रशिक्षण प्रारम्भ
    • Bell Sanchar

    • २३ चैत्र २०८०, शुक्रबार

काठमाडौँ,

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट एकीकृत ट्रेड युनियन महासङ्घले अन्तर्राष्ट्रिय श्रमिक अधिकारबारे यहाँ प्रशिक्षण प्रारम्भ गरेको छ ।

देशका विभिन्न भागका ४० जनाको सहभागिता रहेको प्रशिक्षणमा अन्तर्राष्ट्रिय ट्रेड युनियन अभ्यास, श्रमिक आन्दोलन तथा अधिकार, कम्युनिष्ट आन्दोलनका विकासमा श्रमिकका योगदानलगायत विषयमा छलफल गरिने छ ।

शनिबारसम्म चल्ने प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय पार्टी स्कुल विभाग सचिव अशेष घिमिरेले ‘क्रान्तिको शिक्षण शास्त्र’ बारेमा प्रशिक्षण दिनुभएको छ । उहाँले प्रशिक्षणका क्रममा शिक्षा राजनीतिबाट अलग भएको नभएर राजनीतिसँग एकाकार भएको बताउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य तथा सङ्गठनका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद लम्सालले मान्छेको स्वतन्त्रताका लागि संवाद र क्रान्तिकारी विधिको महत्वपूर्ण भूमिका हुने जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँमा ‘ट्रेनिङ अफ ट्रेनर्स’ कार्यक्रम विभिन्न प्रदेशमा पनि सञ्चालन गरिने छ ।

साताकाे चर्चित
सम्बन्धित