जुम्लाको तिलामा सुत्केरी बोकेर हस्पिटल लिनु पर्ने बाध्यता
जुम्लाको तिलामा सुत्केरी बोकेर हस्पिटल लिनु पर्ने बाध्यता
    • उमेश बुढा

    • १२ बैशाख २०८१, बुधबार

 

 जुम्ला ।

भौगोलिक रुपमा जुम्ला कै विकट मानिने तिला गाउँपालिकामा सुत्केरी महिला बोकेर कर्णाली राजमार्गको नाग्मबाट छुटिएको सड्क खण्ड जुम्ला बजार जाने सड्कमा तिलाका सुडि , डिपु , मालापानी , खोप्री, घोडे,पोख्ररी लयागतका गाउँबाट किरामी बोकेर सड्कसम्म पुर्याउनु पर्ने अवस्था रहेको छ ।

नेपाल पत्रकार महासंघको २० औं अधिवेशन तथा तिला मिडिया सम्मेलन तिला गाउँपालिकाको डुन्डेलीमा भएको कार्यक्रममा उपाध्यक्ष गोरीकला बुढाले भनिन् , भौगोलिक क्षेत्रको रुपमा विकटता बस्तिमा सुत्केरी लगायतका अन्य बिरामीलाई बोकेर समयमा हस्पिटल पुर्‍याउन सकिने अबस्था छैन् । यहाँका नागरिकलाई कित बर्थिङ् सेन्टर , कित सड्क बाटो गुणस्तरको हुनु पर्ने देखिएको छ ।

विगट भुभागमा पालिकाको बजेटले नपुग हुने भएकाले बजेको पहल गरिदिन जुम्लाकी माननीय बिनिता कठायतसँग उपाध्यक्ष बुढाले आग्रह गर्नु भएको छ ।

माननीय बिनिता कठायतका अनुसार तिलामा देखिएको समस्यालाई ध्यानमा राखेर संसद भवनमा यो कुरा राख्ने र पहल कदमी चाल्नमा आफू पछि नहट्नु बताइन् ।

पालिका अध्यक्ष , उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको पनि मसँग सहकार्य हुनु पर्ने र यो विकट कुनाकाप्चामा रहेका जनताको समस्यालाई समाधान गर्नको लागि सदनमा बोलि रहने छु । र पहल गर्ने पनि कठायतले बताइन् ।

नेपाल पत्रकार महासंघ जुम्लाको अधिवेशन तथा तिला मिडिया सम्मेलनमा तिलाका पर्यटकी तथा धार्मिक क्षेत्रको प्रतिवेदन प्रस्तुत गरिएको थियो । यि क्षेत्रलाई मिडिया मार्फत कसरी प्रचार प्रसारण गर्न सकिन्छ । राष्ट्र अन्तराष्ट्र सम्म पुर्याएर चिनाउन सकिन्छ । पत्रकारले पर्याउनु हुनेछ भन्ने आसा तिलाले राखेको मोतिलाल रोकायाले बताउनु भयो ।

नेपाल पत्रकार महासंघ जुम्लाको २० औं अधिवेशन तथा तिला मिडिया सम्मेलन मङ्गलवार सम्पन्न भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित