मकवानपुरमा सुमो दुर्घटना : तीन जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो दुर्घटना : तीन जनाको मृत्यु, सात घाइते
    • बेल संचार

    • ३ मंसिर २०८३, बिहीबार

मकवानपुर ।

मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेनजिक त्रिभुवन राजपथमा सुमो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

बिहीबार बिहान करिब ९ बजे नम्बर नखुलेको सुमो सडकबाट करिब २० देखि २५ मिटर तल खोलामा खसेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

दुर्घटनालगत्तै स्थानीयवासी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरबाट सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा ११ जनाको टोली उद्धारका लागि घटनास्थल पुगेको थियो।

दुर्घटनाको कारण र मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको छ।

साताकाे चर्चित
सम्बन्धित