सुनचाँदीको मूल्यमा पुनः गिरावट, सुन तोलामा ३ हजार ३०० रुपैयाँ सस्तियो
सुनचाँदीको मूल्यमा पुनः गिरावट, सुन तोलामा ३ हजार ३०० रुपैयाँ सस्तियो
    • बेल संचार

    • ३ मंसिर २०८३, बिहीबार

काठमाडौँ ।

स्थानीय बजारमा सुन र चाँदीको मूल्य घट्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ। आज सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदीको ४५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँ र चाँदी ३ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।

लगातारको मूल्य गिरावटसँगै सुनचाँदी खरिद गर्ने उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ।

साताकाे चर्चित
सम्बन्धित