काठमाडौं ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आसन्न भारत भ्रमणको तयारी र कार्यसूचीबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ बजे बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिएका छन्। बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उठाइने विषय तथा भ्रमणका एजेण्डाबारे छलफल हुने बताइएको छ।
प्रधानमन्त्री बालेनले आगामी मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमण गर्ने तयारी गरेका छन्।
भ्रमणको तयारी र त्यससँग सम्बन्धित विषयमा जानकारी गराउन परराष्ट्र मन्त्रालयले पनि आज पत्रकार सम्मेलनमार्फत प्रेस ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ।