काठमाडौं ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, विपद्पछिको पुनर्निर्माण तथा बन्दरगाह सहकार्यका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।
भेटका क्रममा सीमा वारपार सम्पर्क सञ्जाल विस्तार, पूर्वाधार विकास र दुई देशबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको राजदूत झाङले बताएका छन्।
उनले दुवै देशका नागरिकको हितलाई ध्यानमा राख्दै नेपालसँग विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्न चीन इच्छुक रहेको पनि उल्लेख गरेका छन्।
मन्त्रालयका अनुसार नेपालको आर्थिक विकास, पूर्वाधार निर्माण तथा विपद् व्यवस्थापनमा चीनले गर्न सक्ने सहयोग र आगामी दिनमा सहकार्यका नयाँ सम्भावनाबारे पनि सकारात्मक छलफल भएको छ।
यसअघि चिनियाँ राजदूत झाङले बिहीबार परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेटवार्ता गरेका थिए।