काठमाडौं ।
आगामी स्थानीय तह निर्वाचनको तयारी र व्यवस्थापनबारे छलफल गर्न निर्वाचन आयोगले बोलाएको राजनीतिक दलका नेताहरूको बैठक सुरु भएको छ।
आइतबार आयोगको कार्यालयमा सुरु भएको छलफलमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन्।
बैठकमा स्थानीय तह निर्वाचनको मिति तय गर्ने विषय, निर्वाचनको पूर्वतयारी र व्यवस्थापनलगायतका विषयमा छलफल भइरहेको छ।
छलफलमा सहभागी हुन निर्वाचन आयोग पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने बैठक नसकिँदै बाहिरिएका छन्।