काठमाडौं ।
ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ ।
सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त भएको जानकारी प्रतिनिधिसभाका सुनाउने तय भएको छ ।
एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो ।
सभामुख घिमिरेको सचिवालयका एक अधिकारीले भने, ‘श्रेष्ठको पद रिक्त हुने निर्णय सभामुखको तर्फबाट भएको छ ।
सोही जानकारी संसदलाई गराउने तय भएको हो ।’