जन्मदिन पारेर अमिताभ बच्चनले गरे ठूलो घोषणा
जन्मदिन पारेर अमिताभ बच्चनले गरे ठूलो घोषणा
    • Bell Sanchar

    • २६ आश्विन २०७८, मंगलवार

काठमाडौं। बलिउड महानायक अमिताभ बच्चनले आज आफ्नो ७९ औं जन्मदिन मनाइरहेका छन् । यो विशेष दिनमा उनले ठूलो निर्णय गरेका छन् । उनले ‘कमला पसंद’ पान मसला ब्राण्डसँग आफ्नो सम्झौता अन्त्य गरेका छन् । उनले आफ्नो आधिकारिक ब्लगमार्फत गसको जानकारी दिएका छन् । उनको कार्यालयको तर्फबाट जारी बयानमा भनिएअनुसार उनी यो बण्डसँग जोडिँदा उनलाई यो सेरोगेट विज्ञापन अन्तर्गत पर्छ भन्ने थाहा थिएन ।अमिताभले यो बण्डसँग आफ्नो अनुबन्ध समाप्त गरेका छन् र प्रमोसन फिस पनि फिर्ता गरिदिएका छन् । केही दिनअघि अमिताभ बच्चनलाई कमला पसंद पान मसलाको विज्ञापनका कारण ट्रोल गरिएको थियो । यही कारण उनले यो निर्णय गरेको विश्वास गरिएको छ । यो विषयमा नेशनल एन्टी टोबाको अर्गनाइजेशनले अमिताभ बच्चनलाई आधिकारिक पत्र लेख्दै यो ब्राण्डको प्रचारप्रसार छोड्न माग गरेको थियो ।यो पत्रमा संस्थाको तर्फबाट लेखिएको थियो ‘मेडिकल अनुसन्धानबाट थाहा भएको छ कि सूर्ती र पान मसला जस्ता पदार्थले व्यक्ति, खास गरी युवाहरुको स्वास्थ्यलाई नोक्सानी गर्छन् । अमिताभ बच्चन पोलियो खोप अभियानका सरकारी सद्भावना दूत हुन् । यस्तोमा उनले पान मसलाको विज्ञापनबाट छिटो हट्नुपर्छ ।’

साताकाे चर्चित
सम्बन्धित