यस वर्षको सर्वश्रेष्ठ ठहरिएको तस्वीर, जसले आँखा भिजाउँछ अनि हिम्मत दिलाउँछ
यस वर्षको सर्वश्रेष्ठ ठहरिएको तस्वीर, जसले आँखा भिजाउँछ अनि हिम्मत दिलाउँछ
    • Bell Sanchar

    • १० कार्तिक २०७८, बुधबार

काठमाडौं। टर्कीका फोटोग्राफर मेहमत असलनले एउटा यस्तो तस्वीर खिचेका छन् जसले जो कोहीको आँखा रसाउँछ । यो तस्वीर केवल कसैलाई भावुक बनाउने मात्रै होइन हारिसकेका मानिसहरुको हिम्मत र हौसला बढाउने पनि क्षमता राख्छ । यो तस्वीरका पिता र पुत्रको प्रेम देखिएको छ । यी पिता–पुत्र जीवनमा आएका लाखौं कठिनाइलाई पार गर्दै मुस्कुराइरहेका छन् । यो तस्वीरलाई यस वर्षको सर्वश्रेष्ठ तस्वीर चुनिएको छ ।मेहमत असलनले यो फोटो सिरिया–टर्की सीमा नजिकै हैटे प्रान्तको रेहनालीमा बसिरहेका एक सिरियाली शरणार्थी परिवारका पिता पुत्रको खुसी देखाउन खोजेका छन् । तस्वीरमा देख्न सकिन्छ कि पिता र पुत्र दुवै विकलांक छन् तर उनीहरु खुसीले मुस्कुराइरहेका छन् । पिताको एउटा खुट्टा छैन तर छोराको त हात र खुट्टा दुवै छैनन् ।

 

 

 

 

यो फोटोलाई सिएना इन्टरनेशनल अवार्डस २०२१ मा ‘फोटो अफ द इयर’ चुनिएको छ । फोटोमा भएका पिताले सिरियामा एक बम विष्फोटमा आफ्नो खुट्टा गुमाएका थिए । जबकि उनकी गर्भवती पत्नी गृहयुद्धकै क्रममा विषालु ग्यासको सम्पर्कमा आइन् जसका कारण उनीहरुका छोरा हात–खुट्टा नभएका जन्मिए ।सिरिया एक दशकभन्दा धेरै समयदेखि गृहयुद्धसँग जुधिरहेको छ । अहिलेको समयमा विश्वकै सबैभन्दा ठूलो शरणार्थी संकट सिरियाको छ । सिरियामा ११ वर्षदेखि जारी हिंस्रक युद्धमा ठूलो संख्यामा सिरियालीहरु घर छाडेर भाग्न बाध्य भएका छन् । ११ वर्षमा करिब ६६ लाख सिरियालीहरु शरणार्थी बनेका छन् । सिरियाबाट ३६ लाख मानिस टर्कीमा, ८ लाख लेबनानमा, ६ लाख जोर्डनमा, अढाइ लाख इराकमा, १ लाख ३० हजार इजिप्टमा शरण लिएका छन् ।

साताकाे चर्चित
सम्बन्धित