जम्मु-कश्मीरमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना, को-पाइलटको मृत्यु
जम्मु-कश्मीरमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना, को-पाइलटको मृत्यु
    • Bell Sanchar

    • २८ फाल्गुन २०७८, शनिबार

जम्मु-कश्मीरको गुरेज सेक्टरमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा घाइते को-पाइलटको मृत्यु भएको छ। यस्तै, पाइलटको अवस्था चिन्ताजनक तर स्थिर रहेको र उनको आईसीयूमा उपचार भइरहेको समाचार एजेन्सी पीटीआईले जनाएको छ।

पीटीआईका अनुसार सेनाको चिता हेलिकप्टर बिरामी बीएसएफ जवानलाई लिन जाँदा यो घटना भएको हो।

जानकारी अनुसार हेलिकप्टर सम्पर्कबिच्छेद भएको थियो। त्यसपछि सेनाको अन्य टोली खोजीमा खटिएको थियो।

टोलीले पाइलट र को-पाइलटलाई गम्भीर अवस्थामा फेला पारेको थियो। उनहरुलाई उधमपुरको कमाण्ड अस्पतालमा ल्याइएको थियो।

उपचारकै क्रममा २९ वर्षीय को-पाइलट मेजर संकल्प यादवको मृत्यु भएको थियो। संकल्प यादव जयपुरका निवासी थिए।

साताकाे चर्चित
सम्बन्धित