रुसमाथि बेलायतको नयाँ प्रतिबन्ध
रुसमाथि बेलायतको नयाँ प्रतिबन्ध

युक्रेनमा पुटिनको अवैध आक्रमणमा संलग्न र यस बर्बर युद्धलाई समर्थन गर्नेहरूलाई लक्षित गर्दै बेलायतको विदेश मन्त्रालयले रूस विरूद्ध अझ कडा कदम चाल्ने बताएको छ।

    • Bell Sanchar

    • २८ फाल्गुन २०७८, शनिबार

युक्रेनमाथि आक्रमण थालेको रूसलाई बेलायतले नयाँ प्रतिबन्धको घोषणा गरेको छ।

बेलायतले युक्रेन हमलामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई समर्थन जनाएका रुसी तल्लो सदन डुमाका ३८६ सांसदलाई बेलायत यात्रा गर्न र बेलायतमा रहेको कुनै पनि सम्पत्तिमा पहुँच राख्न प्रतिबन्ध लगाइएको छ।

युक्रेनमा पुटिनको अवैध आक्रमणमा संलग्न र यस बर्बर युद्धलाई समर्थन गर्नेहरूलाई लक्षित गर्दै बेलायतको विदेश मन्त्रालयले रूस विरूद्ध अझ कडा कदम चाल्ने बताएको छ।

यसअघि प्रधानमन्त्री बोरिस जोनसनलाई धनाढ्य रुसीहरू विरुद्ध कारबाही गर्न ढिलाइ गरेको र सोभियत संघको पतनपछि लन्डन हुँदै पार भएको रुसी पैसामा आँखा चिम्लिएको आरोप लागेको थियो।

रुसी जहाज र विमानलाई यसअघि नै बेलायत सरकारले प्रतिबन्ध लगाइसकेको छ। सरकारले बिहीबार चेल्सी फुटबल क्लबका रुसी मालिक रोमन अब्रामोभिचको सम्पत्तिसमेत रोक्का गरेको थियो ।

साताकाे चर्चित
सम्बन्धित