भारतमा ओडिसाका सांसदले भीडमा कुदाए गाडी, सात प्रहरीसहित २२ जना घाइते
भारतमा ओडिसाका सांसदले भीडमा कुदाए गाडी, सात प्रहरीसहित २२ जना घाइते

ओडिसाको सत्तारूढ पार्टी बिजु जनता दलका सांसद प्रशान्त जगदेवले बाणपुर भन्ने ठाउँमा एक स्थानीय चुनावका लागि जम्मा भएका मानिसमाथि गाडी चलाएका हुन्।

    • Bell Sanchar

    • २९ फाल्गुन २०७८, आईतवार

भारतीय राज्य ओडिसामा एक जना सांसदले भीडमा गाडी कुदाउँदा सात प्रहरीसहित २२ जना घाइते भएका छन्।

बिबिसी हिन्दीका अनुसार यो घटना शनिबारको हो।

ओडिसाको सत्तारूढ पार्टी बिजु जनता दलका सांसद प्रशान्त जगदेवले बाणपुर भन्ने ठाउँमा एक स्थानीय चुनावका लागि जम्मा भएका मानिसमाथि गाडी चलाएका हुन्। त्यहाँ उपस्थित प्रहरीले उनलाई गाडी रोक्न भनेका थिए तर उनले जबरजस्ती गाडी भीडमा चलाएपछि रोक्न खोज्ने प्रहरी पनि घाइते भएका हुन्।

भीडमाथि उनले चलाएको गाडी रूखमा ठोक्किएपछि रोकिएको थियो। आक्रोशित भीडले जगदेवमा मरणासन्न हुने गरी कुटपिट गरेका छन्। उनको अहिले भुवनेश्वर अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

प्रत्यक्षदर्शीहरूले जगदेवले आफैं गाडी चलाएको र रक्सी खाएर आएको बताएका छन्। प्रहरीले उनीविरूद्ध हत्या प्रयासको जाहेरी दर्ता भएको जनाएको छ। अस्पतालबाट निस्कनासाथ प्रहरीले उनीमाथि थप कारबाही गर्नेछ।

विपक्षी दलहरूले सत्तारूढ पार्टीका सांसदको यो हर्कतको कडा निन्दा गरेका छन्। ती सांसदले यस्तो हर्कत गरेको पहिलो पटक होइन। यसअघि सार्वजनिक कार्यक्रममा भारतीय जनता पार्टीका स्थानीय नेतालाई थप्पड हानेपछि उनी निलम्बनमा परेका थिए।

साताकाे चर्चित
सम्बन्धित