रुस बिरुद्ध लड्न अमेरीकाले युक्रेनलाई थप २ सय मिलियन डलरकोको सैन्य सहायता दिने, ध्वस्त पार्ने रुसको चेतावनी
रुस बिरुद्ध लड्न अमेरीकाले युक्रेनलाई थप २ सय मिलियन डलरकोको सैन्य सहायता दिने, ध्वस्त पार्ने रुसको चेतावनी
    • Bell Sanchar

    • ३० फाल्गुन २०७८, सोमबार

रुस बिरुद्ध लडिरहेको युक्रेनलाई २ सय मिलियन डलर बराबरको सैन्य सहायता दिने अमेरीकाले घोषणा गरेको छ । अमेरीकाले सन् २०२१ यता मात्रै १.२ अर्बको हतियार र क्षेप्यास्त्र युक्रेनलाई दिईसकेको छ । अमेरीकाले दिएको जेभलिन क्षेप्यास्त्र युक्रेनी सेनाले प्रयोग गर्दै आएको छ ।

बेलायत लगायत अन्य युरोपेली मुलुकले पनि युक्रेनलाई हतियार र सैन्य सहायता दिएका छन् ।

यसैबीच रुसले हतियारको कार्गो युक्रेनमा आए कार्बाही गर्ने चेतावनी दिएको छ । अमेरीका र नेटोले सैन्य सहायता दिने घोषणापछि रुसले यो प्रतिकृया दिएको हो ।

रुसले युक्रेनमा हमला गरेको १८ औँ दिन चलिरहेको छ । यसबीचमा हजारौँ मानिसको मृत्यु भईसकेको छ भने हजारौँ सैनिक तथा गैरसैनिक संरचना ध्वस्त भएका छन् । २५ लाख बढी मानिसहरु विस्थापित भएर अन्य मुलुकमा पलायन भईसकेका छन् ।

साताकाे चर्चित
सम्बन्धित