पाँच राज्यमा चुनाव हारेपछि बसेको कंग्रेस आईको बैठकले जनायो सोनिया गान्धी नेतृत्वमा विश्वास
पाँच राज्यमा चुनाव हारेपछि बसेको कंग्रेस आईको बैठकले जनायो सोनिया गान्धी नेतृत्वमा विश्वास

चार घन्टासम्म चलेको बैठकमा बोल्ने अधिकांश नेताहरूले गान्धीकै नेतृत्वमा पार्टीले काम गर्ने विश्वास व्यक्त गरेका थिए।

    • Bell Sanchar

    • ३० फाल्गुन २०७८, सोमबार

भारतमा कंग्रेस आईको सेन्ट्रल वर्किङ कमिटी (सिडब्लुसी) को बैठकले सोनिया गान्धीकै नेतृत्वमा पार्टीले काम गर्ने विश्वास व्यक्त गरेको छ।

हालै विधान सभा चुनाव भएका उत्तर प्रदेश, उत्तराखण्ड, पन्जाब, गोवा र मणिपुरमा पार्टीले पराजय भोगेपछि आइतबार कंग्रेसको बैठक बसेको थियो।

पछिल्लो समय केन्द्रीयदेखि प्रान्तीय चुनावमा कंग्रेसको प्रदर्शन खराब हुन थालेपछि पार्टीमा व्यापक सुधारको माग उठ्दै आएको छ। आइतबारको बैठकमा अध्यक्ष गान्धीले सबै नेताहरूको कुरा सुनेकी थिइन्।

दैनिक भास्कर पत्रिकाका अनुसार गान्धीले आफू र आफ्ना छोरा राहुल र छोरी प्रियंका पदबाट राजीनामा दिन तयार रहेको बताएकी थिइन्।

चार घन्टासम्म चलेको बैठकमा बोल्ने अधिकांश नेताहरूले गान्धीकै नेतृत्वमा पार्टीले काम गर्ने विश्वास व्यक्त गरेका थिए।

केन्द्रीय समितिका नेताहरूले गान्धीकै नेतृत्वमा काम गर्ने व्यक्त गरेपछि पार्टीले अब छिट्टै चिन्तन शिविर आयोजना गर्ने निर्णय गरेको महासचिव के सी वेणुगोपालले जानकारी दिए।

उक्त चिन्तन शिविरमा पार्टीको आगामी मार्गदिशाबारे गहन छलफल हुने बताइएको छ।

साताकाे चर्चित
सम्बन्धित