काठमाडौंको मेयरमा बालेनको फराकिलो अग्रता, दोस्रो बन्न सिर्जना र केशवबीच टक्कर
काठमाडौंको मेयरमा बालेनको फराकिलो अग्रता, दोस्रो बन्न सिर्जना र केशवबीच टक्कर
    • Bell Sanchar

    • ९ जेष्ठ २०७९, सोमबार

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।

सोमवार बिहान १ लाख २८ हजार ३२ मत गणना हुँदासम्म बालेनले ४३ हजार ३८२ मत पाएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठभन्दा १७ हजार ६०५ मत बढी ल्याएका छन् ।

उम्मेदवार सिर्जनाले २५ हजार ७७७ मत पाएकी छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो नम्बरमा पुगेका छन् । स्थापितले २५ हजार ५०५ मत पाएका छन् । दोस्रो स्थानका लागि सिर्जना र केशवबीच कडा टक्कर देखिएको छ । मतगणना जारी छ ।

साताकाे चर्चित
सम्बन्धित