हप्तामै बढ्यो यातायातको भाडा (मूल्यसुचीसहित )
हप्तामै बढ्यो यातायातको भाडा (मूल्यसुचीसहित )
    • Bell Sanchar

    • ११ जेष्ठ २०७९, बुधबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछी सार्वजनिक यातायातको भाडा बढेको छ । मंगलबारबाट लागू हुनेगरी यातायात व्यवस्था विभागले  भाडा वृद्धि गरिएको जनाएको छ।  विभागले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वचालित प्रणालीअनुसार भाडा वृद्धि भएको जनाइएको छ । अन्तर प्रदेशमा सञ्चालित सार्वजनिक सवारीमा भाडा बढेको  हाे ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा इन्धनको बजार मूल्य ५ प्रतिशत भन्दा बढी बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढाइएको विभागले जनाएको छ । विभागका अनुसार यात्रुबाहक सवारी साधनमा २‍ दशमलव १ प्रतिशतले भाडा बढेको छ । त्यस्तै मालबाहक सवारीसाधनमा २‍ दशमलव ७ देखि ३ प्रतिशतसम्म भाडा बढेको छ । लाेकल (प्रदेशभित्रै चल्ने) सवारीसाधनमा भने भाडा बढाइएको छैन ।

विभागका अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेमा फेरि स्वचालित प्रणाली अनुसार भाडा घट्ने छ भने पेट्रोलियम पदार्थको मूल्य बढेमा थप बढ्नेछ । यसअघि विभागले जेठ ४ र २०७८ चैत २० गते भाडा वृद्धि गरेको थियो ।

साताकाे चर्चित
सम्बन्धित