मेष
धन- जन जम्मा गर्न सकिने दिन रहेको छ । साथी- भाइले कञ्जुसताको आरोप लगाउन सक्नेछन् । अनावस्यक रिस उठ्न सक्नेछ । अप्रिय वचनले मन दु:खित होला ।
वृष
पराक्रम बढ्नेछ । व्यापारमा राम्रो फाइदा हुनेछ । सन्तानसँग कुरा नमिल्न सक्नेछ । श्रीमान- श्रीमतीमा विवाद रहन सक्नेछ । प्रियजनको चलाखीपूर्ण निर्णयले ठूलो समस्याबाट बच्न सकिनेछ ।
मिथुन
वायु प्रदूषणले आँखामा समस्या ल्याउन सक्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला । प्रेमसम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कुनै तर्कमा परेर कठोर टिप्पणीबाट बच्नुहोस ।
कर्कट
घरमा मङ्गल कार्यको चर्चा चल्नेछ । शरीरमा स्फूर्ति र उमंगको कमी आउला । संगीतमा रुची पनि बढ्नेछ ।
नियमित खर्च समेत बढ्ने योग रहेको छ ।
सिंह
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ । तर्कयुक्त कदमले जटिल ठानिएको कार्य पनि सम्पादन हुन सक्नेछ ।
कन्या
यात्रा गर्दै हुनुहुन्छ भने सामानको अतिरिक्त हेरचाह गर्नु आवश्यक छ । हजुरको जोडी आज रमाइलो मुडमा हुनुहुन्छ, उहाँलाई आवस्यक सबै सहयोग गर्नुहोला , वैवाहिक जीवनको सबैभन्दा राम्रो दिन बनाउन उहाँलाई मद्दत गर्नुहोला ।
तुला
अगाडी राम्रो समय आउँदैछ भनेर खुसि हुनुहोस, तपाईलाई अतिरिक्त उर्जा प्राप्त हुनेछ । आज आफ्नो जोडीले हजुरलाई स्वर्ग पृथ्वीमा नै छ भन्ने महसुस गराउन सक्ने छन् ।
वृश्चिक
रक्तचापका बिरामीहरूले स्वास्थ्य जचाउनु होला, अनावश्यक चिन्ता खेप्नु पर्नेछ । धेरै विषयहरुमा सहमति हुन नसक्नाले आजको दिन धेरै राम्रो रहने छैन ।
धनु
सामाजिक साथै धार्मिक कार्यको लागि उत्कृष्ट दिन रहनेछ । आफैलाई जीवन्त बनाउनुहोस् , आफ्नो प्रयास र कर्ममा विश्वास राख्नुहोला ,अरुसँग साहारा खोज्ने र अरूसँग टासिने नगर्नु होला ।
मकर
नयाँ विचारहरुलाई जाच्ने समय छ । पुरानो सम्पर्क र सम्बन्ध पुनर्जीवित गरेमा राम्रो दिन रहन सक्छ । तपाईंले आराम गर्नुपर्छ र घनिष्ठ मित्र र परिवारका सदस्यहरूसँग आनन्द मनाउने प्रयास गर्नुपर्छ ।
कुम्भ
व्यापारको उद्देश्य लिएर गरिएको यात्राले सकारात्मक परीणाम ल्याउन सक्छ । आफ्नो हसिलो प्रकृतिले सामाजिक जमघटमा तपाईंलाई लोकप्रिय बनाउने छ । हजुरको लगातार मेहनतलाई आज साँच्चै राम्रो लाभ हुनेछ ।
मीन
तपाईंलाई प्रेममा धोका दिन सक्छन । समस्याहरु समाधान गर्नसक्ने दिन छ । विदेश जानको लागि आवेदन भर्ने विचार गर्दै हुनुहुन्छ भने आज राम्रो दिन जस्तो देखिन्छ ।
ज्यो. पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)