गठबन्धनको बैठक सकियो, मन्त्रिपरिषद हेरफेरबारे छलफल
गठबन्धनको बैठक सकियो, मन्त्रिपरिषद हेरफेरबारे छलफल
    • Bell Sanchar

    • ५ असार २०७९, आईतवार

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ।

शीर्ष नेताहरूको बैठकमा मन्त्रिपरिषद बैठक हेरफेर र चुनावको मितिबारे छलफल भएको बुझिएको छ।

प्रधानमन्त्रीका प्रेस संयोजक गाविन्द परियारका अनुनसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

बजेट पारित भएलगत्तै मन्त्रिपरिषद हेरफेर गर्ने निर्णय गरेका नेताहरूले प्रतिनिधिसभाबाट बजेट पारित भएसँगै त्यो विषयलाई निरन्तरता दिएका छन् ।

समाजवादीले सरकारमा सहभागी आफ्ना मन्त्री फेर्ने सचिवालयको निर्णयलाई स्थायी कमिटिबाट अनुमोदन गराएको छ।

साताकाे चर्चित
सम्बन्धित