आज भदौ १७ गते शुक्रबार, यस्तो छ तपाईकाे राशिफल
आज भदौ १७ गते शुक्रबार, यस्तो छ तपाईकाे राशिफल
    • Bell Sanchar

    • १७ भाद्र २०७९, शुक्रबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सहयोग र शुभकार्यको चर्चा पनि चल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धार्मिक कार्यमा रुचि बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मक नै देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्रा पनि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज दबाब र तनाव बढेको महसुस हुनेछ । अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला, तर आफन्तको साथ र सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पारिवारिक जीवन सन्तोष प्रदायक नै रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण पनि हुनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा उत्साहको कमी देखिनेछ । शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला, तर मान्यजनको आशीर्वादले काम गर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक

रमणीय र सुखद् यात्राको योग छ । दाम्पत्य जीवन सुखमय नै हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक यात्राको योग छ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमीको सहयोग पाइनेछ । वैदेशिक कार्य पनि अघि बढ्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ र खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ, तर साँझमा धन हात पर्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

–हाम्रो पात्रोबाट

साताकाे चर्चित
सम्बन्धित