प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त   
प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त   

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल मार्फत मोरङ क्षेत्र नं ३ प्रदेश (१)का कांग्रेस उम्मेदवारसमेत रहनुभएका थापाको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।    

    • Bell Sanchar

    • २३ कार्तिक २०७९, बुधबार

काठमाडौँ,
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता एवम् प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

निमोनियाबाट ग्रसित प्रदेशमन्त्री थापाको उपचारका क्रममा आज बिहान १० बजेर ४० मिनेटमा नोबेल मेडिकल कलेजमा निधन भएको थियो । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल मार्फत मोरङ क्षेत्र नं ३ प्रदेश (१)का कांग्रेस उम्मेदवारसमेत रहनुभएका थापाको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।

साताकाे चर्चित
सम्बन्धित