जुम्लामा प्रदेश र प्रतिनिधिसभातर्फ ९, ६४४ मत बदर
जुम्लामा प्रदेश र प्रतिनिधिसभातर्फ ९, ६४४ मत बदर
    •  उमेश बुढा

    • १३ मंसिर २०७९, मंगलवार

जुम्ला ।

जुम्लामा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा ९ हजार ६ सय ४४ मत बदर भएको छ ।

प्रतिनिधिसभा तर्फ २ हजार ४ सय ७८ ,प्रदेशसभा ९ क ० मा १ हजार ८२ , प्रदेश ९ ख ० ६ सय ९८ र प्रतिनिधिसभा समानुपातिक तर्फ २ हजार ४ सय ४९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय जुम्लाले जनाएकोछ ।

जिल्ला भरी कुल ६८ हजार ६ सय ३८ मतदाता रहेका थिए । भने जुम्ला प्रतिनिधिसभा ४५ हजार २ सय ८४ मत खसेको निर्वाचन कार्यलय जुम्लाले बताएको छ।

प्रदेश ९ क ० मा २४ हजार ६ सय ६५ , प्रदेश ९ ख ० मा २० हजार ६ सय ७ , प्रदेशसभा समानुपातिक तर्फ ४५ हजार ७ सय १३ र प्रतिनिधिसभा समानुपातिक तर्फ ४५ हजार ६ सय १० मत खसेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए ।

यहि मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो ।

जुम्लामा मत बदर हुनु भनेको निर्वाचन आयोगले मतदाता शिक्षा दिए पनि प्रभावकारी तरिकाले नदियर मत बदर हुन पुगेको स्थानीय वासी बताउछन् ।

निर्वाचन आयोगले जुम्लाका ८ वटै पालिकामा एक एक स्थानमा एक दिने नमुना मतदान शिक्षा दिएको थियो । तर त्यो शिक्षा मतदाताका घर घरमा र व्यक्ति व्यक्तिमा गुणस्तरीय मतदाता शिक्षा पुग्न नसकेर यस पटकको निर्वाचनमा मत बदर हुन पुगेको स्थानीय वासी भैरव रावतले बताए ।

रावतका अनुसार जुम्लामा ४५ वर्ष देखि माथिका महिला पुरुष पराय जसो लेखपढ् गरेका छैनन् ।
यिनि मतदाताले बढी मत बदर गरेको हुन सक्ने अनुमान गर्न सकिन्छ रावतले बताए ।

जुम्लामा निर्वाचन हुने बेला राजनितीक दलका अघुवा व्यक्तिलाई पनि मतदाता शिक्षा दिन आवश्यक देखिन्छ ।

साताकाे चर्चित
सम्बन्धित