जुम्ला विकासका औजार : ३१ वर्ष मुनिका तीन सांसद बने
जुम्ला विकासका औजार : ३१ वर्ष मुनिका तीन सांसद बने
    • उमेश बुढा

    • २५ मंसिर २०७९, आईतवार

जुम्ला । देशमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सकिय पश्चाप्त देश भरका समानुपातिक मतगणना सार्वजनिक भएसँगै जुम्लामा एकजना प्रत्यक्ष सहित ४ जना सांसद विजयी भएका छन् । प्रत्यक्ष तर्फबाट निर्वाचित हुनु भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही ३० वर्ष भएकाछन् । त्यस्तै गरि नेकपा माओवादी केन्द्रकी छिरिङ लामा ३१ वर्षकी भएकिछन् ।

भने राष्ट्रिय स्वतन्त्र पार्टीकी विनिता कठायत २७ वर्षकी भएकी छन् । यसै गरी जुम्ला समानुपातिकतर्फ बाट तीन जना सांसद निर्वाचित भएकाछन् । जसमा नेपाली काङ्ग्रेस पार्टीकी केन्द्रीय सदस्य कान्तिका सेजुवाल , नेकपा माओवादी केन्द्रकी छिरिङ लामा र स्वतन्त्र पार्टीकी विनिता कठायत निर्वाचित भएकिछन् ।

जुम्लामा समानुपातिकमा १० हजार ५ सय ४८ मत प्राप्त गरी पहिलो बनेको नेकपा ९ एमाले ० पार्टीबाट भने कोही पनि पर्न सकेनन् । नेपाली काङ्ग्रेसले १० हजार ४ सय ७६ मत प्राप्त गरेको थियो । नेकपा माओवादी केन्द्रले ८ हजार ९ सय ६० मत प्राप्त गरेको थियो । भने राप्रपाले ५ हजार ७ सय ९१ मत प्राप्त गरेको थियो । त्यस्तै गरी राष्ट्रिय स्वतन्त्र पार्टीले ८सय ९९ मत प्राप्त गरेको थियो ।

साताकाे चर्चित
सम्बन्धित