वृद्धभत्ताको रकम हिनामिनाको आरोपमा वडासचिव विरुद्ध भ्रष्टाचार मुद्दा
वृद्धभत्ताको रकम हिनामिनाको आरोपमा वडासचिव विरुद्ध भ्रष्टाचार मुद्दा
    • Bell Sanchar

    • २० चैत्र २०७९, सोमबार

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको आरोपमा जाजरकोटको छोडागाड नगरपालिका–१२ का तत्कालिन वडा सचिव देवीलाल जैसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले आर्थिक् वर्ष २०७५/०७६ को पहिलो, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा नक्क्ली लाभग्राही खडा गरेर २ लाख ७३ हजार ४०० रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ ।

अख्तियारले छेडागाड नगरपालिका–१२ कै वडा कार्यालयका प्रशासन सहायक रत्नबहादुर कार्कीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित