लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदै
लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदै
    • Bell Sanchar

    • ८ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदै छ ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक/एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

नयाँ मन्त्रीको रुपमा दाङका राजु खनाल, बाँकेका भण्डारीलाल अहिर र रुपन्देहीका चन्द्रकेश गुप्ताको सम्भावना रहेको मुख्यमन्त्री चौधरी निकट स्रोतले बतायो ।

नेपाली कांग्रेसका खनाल दाङ क्षेत्र नम्बर २ (१)बाट, जसपाका अहिर बाँके क्षेत्र नम्बर २ (१)बाट र जनमत पार्टीका गुप्ता रुपन्देही ५ (२)बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

साताकाे चर्चित
सम्बन्धित