असारमै तीज गीत आउन थालेपछि गीतकार बगरको प्रश्न
असारमै तीज गीत आउन थालेपछि गीतकार बगरको प्रश्न
    • Bell Sanchar

    • ३१ असार २०८०, आईतवार

काठमाडौं ।

यसवर्षको हरितालिका तीज असोजमा परेको छ । तर, युट्युबमा तीजका गीत साउन नलाग्दैदेखि ​छ्यापछयाप्ती भइसकेका छन् ।

असारमै तीजका गीत आएपछि कतिपय संगीतकर्मीहरुले चिन्ता समेत व्यक्त गरिरहेका छन् ।

असारमै तीजका गीत आएको देखेर गीतकार राजकुमार बगरले प्रश्न सोधेका छन् – के गीत-संगीत व्यवसाय मात्रै हो ?

उनले आइतवार बिहान फेसबुकमा लेखेका छन् ‘तीज असोजमा छ । तीज गीतहरू असारमै आउन थाले ।

के गीत संगीत व्यवसाय मात्रै हो ? सँस्कृति र सँस्कार बिगार्ने अधिकार संगीतकर्मी र संगीत व्यवसायीलाई कस्ले दियो ? के संचारमाध्यम, दर्शक र श्रोताहरूको भूमिका र जिम्मेवारी गौण छ ? प्रश्नै प्रश्नहरूको भीडमा जवाफ खोजिरहेको छु ।’ राजकुमारले लेखेका थुप्रै तीज गीतहरू हिट छन् । जसमध्ये सिन्धु मल्लको स्वर रहेको ‘चिटिक्कै भा छु रे’ सर्वाधिक चलेको तीज गीत हो ।

पुरुष स्वरका लागि भने उनले तीज गीत लेख्ने गरेका छैनन् ।

साताकाे चर्चित
सम्बन्धित