गीतकार सत्यकला लामाले ल्याईन ‘कसरी भुल्नु तिमीलाई
गीतकार सत्यकला लामाले ल्याईन ‘कसरी भुल्नु तिमीलाई
    • Bell Sanchar

    • ३१ असार २०८०, आईतवार

काठमाडौ ।

गायक शिव परियारको स्वर, गीतकार सत्यकला लामाको लेखन र संगितकार सिडी विजया अधिकारीको संगितमा ‘कसरी भुल्नु तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ ।

म्युजिक भिडियोसहित तयार पारिएको उक्त गीत असार ३० गते युटयुवबाट प्रिमियर गरिएको हो ।

एएमएस इन्टरटेनमेण्टको व्यानरमा निर्माण भएको उक्त गीतको भिडियो आफनै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

उक्त म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन ।

जसको छायाँकारमा नरेश अय्यर, सम्पादकमा लक्ष्मण चौहान र गीतको एरेन्जरमा उर्गेन दोङ, मास्टरिङ्ग तथा मिक्सरमा दिपेश प्रधान रहेका छन् ।

प्रेम वियोगको थिममा निर्मित कसरी भुल्नु तिमीलाई’ गीतको म्युजिक भिडियोमा नयन सिंह, याङि दोङ, कुमार कार्की र लिलम थापाको अभिनय रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित