सिन्जा गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बिच स्थानीय रैथाने वालीहरु उत्पादन खरिद तथा वजारीकरण गर्ने संवन्धी सम्झौता
सिन्जा गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बिच स्थानीय रैथाने वालीहरु उत्पादन खरिद तथा वजारीकरण गर्ने संवन्धी सम्झौता

किसानमा छायो खुसी

    • बिर बहादुर राना

    • २७ श्रावण २०८०, शनिबार

काठमाडौं

जुम्लाको सिन्जा गाउँपालिका र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडबीच रैथाने बालीहरु उत्पादन खरिद तथा वजारीकरण गर्ने संवन्धी सम्झौता भएको छ ।

सिन्जा गाउँपालिकामा उत्पादन हुने रैथाने बालीको संरक्षण र उत्पादन बृद्धि गरी किसानको आम्दानीमा बृद्धि गर्न सो सम्झौता गरिएको हो ।  आज एक कार्यक्रमकाबिच गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धिताल र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रसाद चन्दबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

गाउँपालिका अध्यक्ष धितालले रैथाने बाली खरिदका लागि गाउँपालिका र खाद्य कम्पनी बीच सम्झौता भएको बताए । सम्झौताअनुसार गाउँपालिकाले रैथाने बाली किसानबाट खरिद गरेर खाद्य सस्थानलाई निर्धारित मुल्यमा उपलब्ध गराउनु पर्नेछ ।

गाउँपालिकाले मार्सि धान /चामल, सिमी फापर, चिनो, कागुनो मास तथा भटमास, लगायतका स्थानिय बालिहरुको उत्पादनमा किसानहरुलाई प्रोत्साहन गर्न सिंजागाउँपालिकाले सिधै किसानहरु सगँ वा कृषक समुह, सहकारी समुह किसानलाई लाभ पुग्ने गरि अन्य माध्यम भयमा सो मार्फत खरिद संकलन र भण्डारणकोको व्यवस्था सिंजा गाउँपालिकाले गर्ने छ ।

रैथाने बालीको प्रवद्र्धन र बजारीकरण गर्नका लागि पनि कम्पनीले खरिद गर्न लागेको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रसाद चन्दले बताए । उनका अनुसार सिन्जा गाउँपालिकामा मात्रै होइन, हिमाली जिल्लाको विभिन्न गाउँपालिकासंग रैथाने बाली खरिद गर्ने सम्झौता भएको छ । यो पनि त्यसैको निरन्तरता भएको उनले बताए । हामीले यहाँ मात्रै होइन, यस्ता धेरै गाउँपालिका संग सम्झौता गरेर रैथाने बाली प्रबर्द्धन गरिरहेका छौ,झ उनी भन्छन् । यस्ले यहाँका किसानलाई धेरै फाइदा हुनेछ ।

किसानले उत्पादन गरेको कुरालाई बजारसम्म पुर्याउनका लागि सहजीकरण पनि भएको छ ।´ साथै किसानहरुले उचित मुल्य पनि पाउने उनको बिश्वास छ । ` यसअघि बिचौलियाका कारण किसानहरुले उत्पादन लागत भन्दा सस्तोमा बेच्न बाध्य थिए ।

अब उपभोत्ता र उत्पदक मारमा पर्ने छैन, उनी प्रष्ट पार्छन् । कम्पनीले देशैभरको स्थानीय तहसंग स्थानीय उत्पादन खरिद गरि बजारीकरणमा सहजीकरण गर्ने योजना रहेको पनि उनले बताए । जसको लागि उत्पादन र संकलनमा सहजीकरण गरिदिन स्थानीय तहलाई उनले आग्रह पनि गरे ।

रैथाने बालीको महत्त्व खाद्य सुरक्षा, पोषणदेखि स्वस्थ जीवनयापनसम्म छ। तर किसानहरुले उत्पादन गरेको रैथने बाली बिक्री नभएर खेर फाल्नु पर्ने अबस्था रहेको गाउँपालिका अध्यक्ष धितालले बताए । सबैको घरमा एउटा न एउटा रैथाने उत्पादन गर्छन सिजनको वेलामा खेर गएको अवस्था छ। त्यसको मार्केट ग्यारेन्टीको काम गर्नुपर्छ ,  धिताल भन्छन् । तर, रैथाने बाली बिक्री नहुनदा किसान अरु बाली खेती गर्न बाध्य भएको पनि उनको भनाइ छ । दिगो खाद्य सुरक्षा र पोषणको दृष्टिले महत्वपूर्ण भएकोले रैथाने बालीको संरक्षण र उपयोग गरिनुपर्ने उनी बताउँछन ।

देशमा व्याप्त कुपोषण र बढ्दो नसर्ने रोग कम गर्न पनि रैथाने बालीहरू उपयोगी हुन सक्छन्। शरीरको लागि आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, आइरन र अन्य खनिज पदार्थको राम्रो स्रोत भएको हुनाले रैथाने बालीका उत्पादन बालबालिकादेखि वृद्धसम्म सबै उमेर समूहका व्यक्तिहरूको स्वास्थ्य तथा पोषणको लागि महत्वपूर्ण छन्, उनी भन्छन् , अझ जुम्लाको हावापानी ले गर्दा यहाँको रैथाने बालीले औंसधिको काम गर्छ ।

उनका अनुसार हाम्रो उत्पादनमा पाइने सूक्ष्म पोषक तत्व एवं फाइबर आदि पाचन प्रणालीमा सुधार; मुटुको स्वास्थ्य, मधुमेह, उच्च रक्तचाप र शारीरिक तौल व्यवस्थापनको साथै तनाव व्यवस्थापन र मानसिक स्वास्थ्यको लागि समेत उपयोगी हुने छ।

जसकोलागि रैथाने बालीको महत्व बारे सचेतना अभिवृद्धि गर्ने, उत्पादन वृद्धि र लागत घटाउन कृषकलाई प्राविधिक सहयोग र अनुदान उपलब्ध गराउने, रैथाने बालीको उत्पादनमा आधारित प्रशोधित खाद्य पदार्थ र परिकार विकासको लागि क्षमता विकास गर्ने, उद्यमशीलता विकास र बजारीकरण सहयोगमा सहयोग गर्ने र रैथाने जातको संरक्षण गनुपर्ने अवस्यकता रहेको छ ।

यस्तै गाउँपालिकामा खाद्यन्न अभाव भए खाद्य कम्पनीले उपलब्ध गराउने सम्झौता भएको छ। यसपटक एक करोड बराबरको चामल खाद्य कम्पनिबाट खरिद गरिएको छ र आगामी दिनमा पनि खाद्यान्न अभाव भए जुनसुकै समय गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने सम्झौता भएको पनि उनले बताए ।

सम्झौता

भिडियो लिङ

साताकाे चर्चित
सम्बन्धित