शनिवार काठमाडौंमा पाँच घण्टा विद्युत अवरुद्ध हुने [सूची] सहति
शनिवार काठमाडौंमा पाँच घण्टा विद्युत अवरुद्ध हुने [सूची] सहति
    • Bell Sanchar

    • १ भाद्र २०८०, शुक्रबार

काठमाडौंका

भोलि (शनिवार) काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको छ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू-स्युचाटार ६६ के.भी. लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौंका विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले शुक्रवार सूचना जारी गर्दै प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न स्युचाटार सबस्टेसनको विद्यमान १३२ केभी मुख्य बसवार विस्तार गरी नयाँ निर्माण गरिएको १३२ केभी वेमा जडान गर्नुपर्ने भएकाले स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेको तल उल्लेखित फिडरहरूमा विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।

साथै १३२ केभी बसवार सट डाउन हुने भएकोले यसैसँग सम्बन्धित टेकू, बालाजु, के टु र के थ्री सबस्टेसनबाट आपूर्ति हुने केही क्षेत्रहरूमा विद्युत आपूर्ति प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।

निर्धारित समयअघि कार्य सम्पन्न भएमा लाइन सुचारू गरिने प्राधिकरणले जनाएको छ ।

यी क्षेत्रमा हुँदैछ विद्युत अवरुद्ध

साताकाे चर्चित
सम्बन्धित