बेनीमा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन हुँदै 
  बेनीमा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन हुँदै 
    • Bell Sanchar

    • २३ भाद्र २०८०, शनिबार

बेनी (म्याग्दी)

म्याग्दीको सदरमुकाम बेनीमा हुने नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।

म्याग्दी जेसीजको आतिथ्यतामा आगामी असोज ३, ४ र ५ गते हुने क्षेत्र ख सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । क्षेत्र ख सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको सम्मेलन निर्देशक तथा म्याग्दी जेसीजका पूर्वअध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिको आवास व्यवस्थापन, स्वागत तथा सत्कार, प्रचारप्रसारलगायतको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

सम्मेलनमा क्षेत्र ख अन्तर्गतका ४१ शखाका करिब छ सयले सहभागिता जनाउने आयोजकले जनाएको छ । सम्मेलनलाई अविस्मरणीय बनाउन आर्थिक सङ्कलन, प्रचारप्रसार, कार्यक्रमस्थल व्यवस्थापन, होटल व्यवस्थापन, बजार सजावट, मायाको चिनो, कार्यक्रमको समय तालिकालगायतको काम अन्तिम चरणमा पुगेको शाखा अध्यक्ष सुमन बानियाँले जानकारी दिनुभयो ।

म्याग्दी जेसीज स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा क्षेत्र ख सम्मेलन गर्ने अवसर प्राप्त भएको र यसलाई जिल्लाको पर्यटन विकास, प्रवद्र्धन, स्थानीय उत्पादित वस्तु तथा उपजको बजारीकरणका साथै कला, संस्कृतिको संरक्षणसँग जोडिएको शाखा अध्यक्ष बानियाँको भनाइ छ ।

उहाँले सम्मेलन सम्पन्न गराउन रु ४२ लाखको खर्च अनुमान गरिएको जानकारी दिँदै सम्मेलन अवधिमा म्याग्दीमा रु एक करोडको कारोबार हुने अनुमान गरिएको जानकारी दिनुभयो । कार्यक्रममा सम्मेलनका सभापति एवं नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रजनी थापाले बेनीमा हुने क्षेत्र ख सम्मेलनले म्याग्दीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।

सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिलाई म्याग्दीका पर्यटकीय र धार्मिकस्थलको भ्रमण गराउनेसमेत तयारी गरिएको छ । सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुहुने छ ।

सम्मेलनमा सहभागी हुन आउनेलाई म्याग्दीकै जङ्गलमा पाइने अल्लोबाट बनेका झोला र बेनीको बजारको गीत लेखिएको रुमाल उपहार दिने तयारी गरिएको म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित