नापोली च्याम्पियन्स लिगको नकआउट चरणमा
नापोली च्याम्पियन्स लिगको नकआउट चरणमा
    • Bell Sanchar

    • २७ मंसिर २०८०, बुधबार

काठमाडौं ।

इटालियन क्लब नापोली युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘सीु’अन्तर्गत मंगलबार राति  भएको खेलमा एससी ब्रागालाई २-० ले पराजित गर्दै नापोली समूह सी को उपविजेता बनेर नकआउट चरण पुगेको हो ।

नापोलीका लागि भिक्टोर ओसिमहेनले एक गोल गरे भने सर्दर सात्चीले एक आत्मघाती गोल गरे ।

जितपछि नापोलीले ६ खेलबाट १० अंक जोड्यो ।

यसअघि नै नकआउट चरण पुगिसकेको छ स्पानिस क्लब रियल मड्रिडले युनियन बर्लिनलाई ३-२ ले हराएर शतप्रतिशत नतिजा निकाल्यो । रियल ६ खेलबाट १८ अंक जोडेर शीर्ष स्थानमा रह्यो ।

रियलका लागि जोसेलुले दुई तथा डानी सेबालोसले एक गोल गरे । युनियन बर्लिनका लागि केभिन भोल्याण्ड र एलेक्स क्रलले एक-एक गोल गरे ।

साताकाे चर्चित
सम्बन्धित