कर तिरेपछि जनताले सुविधा पाउनुपर्छ होइन भने फिर्ता हुनुपर्छ : सांसद ज्ञानेन्द्र शाही
कर तिरेपछि जनताले सुविधा पाउनुपर्छ होइन भने फिर्ता हुनुपर्छ : सांसद ज्ञानेन्द्र शाही
    • Bell Sanchar

    • १० पुष २०८०, मंगलवार

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले राज्यलाई जनताले कर तिरेपछि त्यस अनुसारको सुविधा पनि पाउनुपर्ने बताएका छन् ।

नेपालको नम्बर वान ब्युटी सैलुन ‘फेसियल हाउस’को १६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले राज्यलाई कर तिरेपछि संसारका अरु देशका नागरिकले सुविधा पाइरहेको बताउँदै नेपालीले पनि त्यो सुविधा उपभोग गर्न पाउनुपर्ने बताएका हुन् ।

‘अहिले कर तिरेबापत जनताले सामान्य सुविधा पनि पाउन सकेका छैनन्,’ उनले भने, ‘एउटा उद्योग स्थापना गर्न सकिएको छैन । न जनतालाई सुविधा छ, न राज्यको उन्नती नै । उल्टै सरकारी कार्यालयमा कर्मचारीको दादागिरी झेल्न नागरिकहरू बाध्य छन् ।’ यही विकराल अवस्थाको अन्त्यका लागि आफूहरू प्रयासरत रहेको उनको भनाइ थियो ।

समारोहमा उनले फेसियल हाउस स्थापना गरेर रोजगारी सृजना गरेकामा फेसियल हाउस र त्यसका सञ्चालहकलाई धन्यवाद ज्ञापन गर्दै अझै प्रगतिका लागि शुभकामना व्यक्त गरे ।

यस्तै, उनले वैदेशिक रोजगारीको खोजी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागिरहेको लाइनले आफूलाई निकै लज्जित बनाइरहेको भन्दै उनीहरूले रेमिट्यान्स नपठाए देशै नचल्ने अवस्था रहेको बताए ।

यसैगरी उनले व्यक्तिको अनुहारमा मेकअप गरेर मात्र उसको सुन्दरता नझल्किने भन्दै सुन्तरता आत्मबाटै झल्किनुपर्ने पनि बताए । हरेक मान्छेको मन सफा र सुन्दर भयो भने व्यक्तित्व उसै सुन्दरता हुने तर्क उनको थियो ।

साताकाे चर्चित
सम्बन्धित