नेपालले वेस्टइन्डिज ए विरुद्ध फिल्डिङ गर्दै
नेपालले वेस्टइन्डिज ए विरुद्ध फिल्डिङ गर्दै
    • Bell Sanchar

    • १५ बैशाख २०८१, शनिबार

काठमाडौं ।

नेपालले वेस्टइन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिज अन्तर्गत पहिलो खेलमा टस जितेर पहिला फिल्डिङ गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

पहिलो खेलमा नेपालको प्लेइङ ११ मा तीव्र गतिका बलर कमलसिंह ऐरी पनि छन्  । विकेटकिपर आशिफ शेखको ठाउँमा अनिल साह खेल्दैछन् । आज मुख्य बलरहरू सोमपाल कामी, करण केसी प्लेइङ ११ मा छैनन् । सन्दीप जोरा पनि बेन्चमा छन् ।

नेपालको प्लेइङ ११

कुशल भुर्तेलअनिल शाह(विकेटकिपर)रोहित पौडेलगुलशन झादीपेन्द्रसिंह ऐरीकुशल मल्लअभिनाश बोहराप्रतिश जि.सी. विवेक यादवललित राजवंशी र कमलसिंह ऐरी

बेन्च – आसिफ शेख, सन्दीप जोरासोमपाल कामी, करण केसी, आकाश चन्द, सागर ढकालविनोद भण्डारी, लोकेश बम र आरिफ शेख .

साताकाे चर्चित
सम्बन्धित