काठमाडौं ।
नेपाली पुरूष खो खो टिम भारतमा जारी खो खो विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बिहीबारको खेलमा भुटानलाई हराउँदै नेपालले क्वाटरफाइनलमा पुग्ने पक्का गरेको हो।
समूह ए अन्तर्गत बिहीबार भएको खेलमा नेपालले तेस्रो जित निकाल्दै भुटानलाई ९८-८ अंकको अन्तरले हराएको हो। यसअघि बुधबार भएको खेलमा नेपालले ब्राजिललाई १३४-८ को फराकिलो अन्तरले हराएको थियो। नेपालले पहिलो खेलमा भारतसँग पराजित भए पनि दोस्रो खेलमा पेरूलाई पराजित गर्दै खेलको लयमा फर्किएको थियो।
अब भुटानले भारतसँग खेल्न बाँकी छ र उक्त खेलपछि दुईमध्ये एक टोली क्वाटरफाइनलमा पुग्ने छन्। नेपालले लगातार तीन जित हात पार्दा क्वाटरफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।
महिलातर्फ पनि नेपालले लगातार तीन खेल जितेर क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। हरेक समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।
नेपालको खो खो टिमको उत्कृष्ट प्रदर्शनले कर्णाली प्रदेशको नाम पनि रोशन भएको छ र सम्पूर्ण राष्ट्रले नेपालको खेलकुद प्रतिभामा गर्व महसुस गरेको छ।