डोनाल्ड ट्रम्पको दाबी चीनसँगको व्यापार कर लगाउने निर्णय
डोनाल्ड ट्रम्पको दाबी चीनसँगको व्यापार कर लगाउने निर्णय
    • बेल संचार

    • ११ माघ २०८१, शुक्रबार

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनहरूमा लगाइएको करको आफ्नो निर्णयलाई सही रहेको दाबी गरेका छन्। फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले चीनबाट आयात हुने सामानमा चर्को कर लगाउने आफ्नो घोषणाको बचाउ गरेका हुन्।

उनले भने, ‘चीनले अमेरिकाबाट ठूलो मात्रामा पैसा पाउँछ र त्यो पैसा आफ्नो सेनालाई सुदृढ बनाउन प्रयोग गर्छ। यसकारण, मैले यस्तो कदम उठाउन आवश्यक ठानेँ।’

फक्स न्यूजले ‘तपाईंको चीनका राष्ट्रपति सी जिनपिङसँगको सम्बन्ध कस्तो छ?’ भनेर सोधेको प्रश्नमा ट्रम्पले सी जिनपिङसँगको हालैको संवादलाई सकारात्मक र मित्रवत् बताउँदै भने, ‘कोरोनाभाइरसको प्रकोपभन्दा अघि हाम्रो सम्बन्ध धेरै राम्रो थियो। चीन एक महत्वाकांक्षी देश हो, र राष्ट्रपति सी पनि महत्वाकांक्षी व्यक्ति हुन्। उनी मेरो साथीझैं थिए, र हाम्रो सम्बन्ध सुमधुर थियो।’

चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने आफ्नो अडान दोहोर्याउँदै ट्रम्पले यो कदम अमेरिकी हितका लागि महत्त्वपूर्ण रहेको उल्लेख गरे।

साताकाे चर्चित
सम्बन्धित