कङ्गोमा विद्रोही एम २३ सँगको मुठभेडमा १३ शान्ति सैनिकको मृत्यु
कङ्गोमा विद्रोही एम २३ सँगको मुठभेडमा १३ शान्ति सैनिकको मृत्यु
    • बेल संचार

    • १३ माघ २०८१, आईतवार

किन्शासा ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति स्थापनाका लागि खटिएका १३ जना शान्ति सैनिक विद्रोही एम २३ समूहसँगको मुठभेडमा मारिएका छन्।

दक्षिण अफ्रिकाको सेनाले ९ जना सैनिकको ज्यान गुमेको जानकारी दिएको छ, जो गोमा सहरतर्फ विद्रोहीहरूको प्रगति रोक्न प्रयासरत थिए। यस घटनामा मलावीका तीन र उरुग्वेका एक सैनिक पनि मारिएका छन्।

एम २३ विद्रोहीहरूको समर्थन गर्ने आरोपमा कङ्गोले रुवान्डासँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेको छ।

यस घटनाबारे राष्ट्रसंघले अत्यावश्यक बाहेक सबै कर्मचारी गोमाबाट फिर्ता लिने निर्णय गरेको छ, र सुरक्षा परिषद्को बैठक आइतबार आयोजना गरिनेछ।

साताकाे चर्चित
सम्बन्धित