काठमाडौं ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण तथा फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ। शहरी विकास मन्त्रालयअन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाख रुपैयाँ तथा फ्लड लाइट जडानका लागि ४२ करोड १९ लाख रुपैयाँको बोलपत्र स्वीकृत गरिएको हो।
प्यारापिट निर्माणको ठेक्का काठमाडौंको टंगालस्थित BKOI-KCDC-BG जेभी ले प्राप्त गरेको छ भने फ्लड लाइट जडानको ठेक्का ललितपुरको गुसिंगलस्थित विशाण-ईश्वरी जोइन्ट भेन्चर ले पाएको छ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा २ को प्रयोजनार्थ बोलपत्र स्वीकृत गरिएको जानकारी सार्वजनिक गरिएको हो। सोही उपदफा अनुसार, बोलपत्र छनोट भएको सात दिनभित्र सार्वजनिक निकायले सम्बन्धित बोलपत्रदातालाई निजको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना दिनुपर्ने कानुनी प्रावधान छ।
।