काठमाडौं ।
भारतको राजधानी नयाँदिल्लीमा रेलवे स्टेशनमा भागदौड मच्चिँदा १८ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
घटना गएराति करिब साढे ९ बजे नयाँदिल्ली रेलवे स्टेशनको प्लेटफर्म नम्बर १३ र १४ मा भएको बताइएको छ। घटना हुँदा स्टेशनमा अत्यधिक भिड रहेको थियो।
यस घटनाका मुख्य दुई कारण मानिएको छ:
रेल मन्त्रालयका प्रवक्ता दिलिप कुमारका अनुसार सो समयमा प्रयागराज एक्सप्रेस र मगध एक्सप्रेसका यात्रुहरू स्टेशनमा जम्मा भएका थिए। सबैले यो नै अन्तिम रेल हो भन्ने ठानेर हतारमा रेल चढ्न खोज्दा स्थिति नियन्त्रण बाहिर गएको थियो।
घाइतेहरूलाई लोक नायक अस्पतालमा भर्ना गरिएको छ। अस्पतालका प्रमुख प्रशासक ऋतु सक्सेनाका अनुसार अस्पतालमा उपचारका क्रममा १५ जनाले ज्यान गुमाएका छन्। तर, भारतका विभिन्न समाचार च्यानलहरूले मृतकको संख्या १८ पुगेको उल्लेख गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र रेलमन्त्री अश्विनी वैष्णवले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।