राष्ट्रपति पौडेल आज धरान राधाकृष्ण प्रणामी मन्दिरको धर्मशाला उद्घाटन गर्ने
राष्ट्रपति पौडेल आज धरान राधाकृष्ण प्रणामी मन्दिरको धर्मशाला उद्घाटन गर्ने
    • बेल संचार

    • ९ फाल्गुन २०८१, शुक्रबार

सुनसरी  ।

राष्ट्रपति रामचन्द्र पौडेल आज धरानको भ्रमणमा, राधाकृष्ण प्रणामी मन्दिरको धर्मशाला उद्घाटन गर्ने

धरान, फागुन ९ – राष्ट्रपति रामचन्द्र पौडेल आज धरान भ्रमणमा आउँदै छन्। उनले धरान–९ स्थित राधाकृष्ण प्रणामी मन्दिर परिसरमा निर्मित धर्मशालाको उद्घाटन गर्नेछन्।

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरमार्फत धरानको फुस्रेमा रहेको सैनिक विद्यालयको खेल मैदानमा अवतरण गर्नेछन्। त्यहाँबाट उनी उद्घाटन समारोहका लागि कार्यक्रम स्थलतर्फ प्रस्थान गर्नेछन्।

राधाकृष्ण प्रणामी मन्दिर स्थापनाको ५० वर्ष पुगेको अवसरमा आयोजित स्वर्ण महोत्सवकै क्रममा राष्ट्रपति पौडेलले धर्मशालाको समुद्घाटन गर्नुका साथै १०८ पारायण पूर्णाहुति कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ।

धरान–९ का वडाध्यक्ष रुपेश आचार्यका अनुसार, मन्दिरले ३ करोड १५ लाख रुपैयाँको लागतमा १ कट्ठा क्षेत्रफलमा १६ कोठे धर्मशाला निर्माण सम्पन्न गरेको छ। यस धर्मशालामा विशेष गरी उपचारका लागि धरान आउने बिरामी, कुरुवा, गरिब तथा असहाय व्यक्तिहरूलाई निःशुल्क सेवा उपलब्ध गराइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

त्यसैगरी, कार्यक्रमअन्तर्गत ब्रह्मलीन बाबाजी श्री १०८ गोपी दासको स्मृतिमा निर्मित गोपी स्मारक ध्यान साधनालयको समेत उद्घाटन गरिने छ।

साताकाे चर्चित
सम्बन्धित